Logo
Logo

काठमाडौँलाई हराउँदै पुलिस फाइनलमा


दृष्टि संवाददाता


काठमाडौँ । विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौ मेयर कप एकदिवशीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो । प्रतियोगितामा पुलिसको यो तेस्रो जीत हो ।

जीतसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्दै फाइनलमा पुगेको हो । पुलिस तालिकाको शीर्ष स्थानमा छ । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।

काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले ३ खेलमा २ अंक जोडेको छ । तेस्रो स्थानको रहेको काठमाडौंको पनि फाइनल पुग्ने सम्भावना कायमै छ । पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्