Logo
Logo

आइएमएस कलेजमा नयाँ टिम


दृष्टि संवाददाता


काठमाडौँ । थापाथली स्थित इन्सिच्युट् अफ म्यानेजमेन्ट् स्टडिज् (आइएमएस) कलेजको व्यवस्थापन परिवर्तन भएको छ । सन् २००४ देखि सुरु भएको आइएमएसको अध्यक्षमा नवीन चौहान चुनिएका छन् ।

१५ वर्षदेखि शैक्षिक क्षेत्रमा रहेका चौहान लिभरपुल कलेजका सञ्चालक एवम् सह–प्राचार्य समेत हुन् । चौहानको टिममा काठमाडौंका ख्याति प्राप्त संघ संस्थामा आबद्ध शैच्छिक तथा प्राज्ञिक ब्यक्तित्वको संलग्नता छ ।

‘विद्यार्थीलाई आत्मनिर्भर बनाइ जब मार्केटमा लैजान पाँच वटा कम्पनीसँग सम्झौता (एम ओ यू) भएको छ’, अध्यक्ष चौहानले भने, ‘अब कलेजलाई नयाँ सिराबाट अगाडि बढाउँछौं ।’

यस्तै, आइएमएस कलेजले प्रोसर नेपाल र जेनिश क्लाउड एकेडेमी जस्ता अन्तराष्ट्रिय आइटी कम्पनी, ट्यालेन्ट्स् कनेक्ट्स (एच आर कम्पनी) र सेक्युरिटिज कम्पनिहरु सँग सम्झौता गरेको छ ।

आइएमएसले अबको पठनपाठन विद्यार्थी तथा प्रविधि केन्द्रित हुँदै उनीहरूको व्यक्तित्व विकासलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको हुने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्