Logo
Logo

म्यानमारमा पुनः चल्यो गोली, सात प्रदर्शनकारीको मृत्यु


दृष्टि संवाददाता


एजेन्सी । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा थप सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो ।

यसअघि एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एड्भोकेसी ग्रुपले म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा ६० जनाभन्दा धेरैको मृत्यु भइसकेको र दुई हजारभन्दा धेरै मानिस पक्राउ परेको बताएको थियो ।

फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो । त्यसको विरोधमा अहिले निरन्तर म्यानमारमा प्रदर्शन भइरहेको छ ।

म्यानमारको सेनालाई आफ्नो कदम सच्याउन अन्तर्राष्ट्रिय समुदायले आग्रह गर्दै आएका छन् । तर, म्यानमारको सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि यो कदम चाल्नुपरेको भन्दै आफ्नो बचाउ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्