Logo
Logo

मेयर्स कपको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौं मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय डर्बीमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन् ।

बिहीबार भएको खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै नेपाल एपीएफ क्लबले पुलिस क्लबसँगको भेट पक्का गरेको हो । पुलिस ४ खेलमा ३ मा जित र १ मा हारसहित यसअघि नै फाइनलमा पुगिसकेको छ।

त्रिभुवन आर्मी क्लव, वाग्मती प्रदेश र मेयर ११ लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा हिला ब्याटिङ गरेको मेयर–११ ४८ दशमलव ५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो ।काठमाडौलाई कम स्कोरमा रोक्न एपिएफका अभिनाश बोहरा र कमलसिंह ऐरीले समान ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्