Logo
Logo

निजामतीमा अराजकताको पराकाष्टा

- दृष्टि न्युज/संवाददाता

मुलुकमा दुईतिहाइको कम्युनिष्ट सरकार भए पनि त्यसले कर्मचारीतन्त्रमा कुनै प्रभाव पारेको छैन । कर्मचारीतन्त्रको सोच, काम गर्ने शैलीमा कुनै भिन्नता आएको छैन । बरु कर्मचारीतन्त्र यो दुईतिहाइको सरकारलाई कसरी बदनाम गराउने र असफल पार्ने भन्ने ध्याउन्नमा लागेको छ । सरकारलाई कर्मचारीतन्त्रको असहयोग भएकै कारण ‘गोप्य’ सूचनाहरु सञ्चारमाध्यममार्फत सार्वजनिक भएका छन् । चाहे राष्ट्रपति भवन विस्तार गर्ने कुरा होस्, चाहे राष्ट्रपतिलाई अठार करोडको गाडी किन्ने कुरा नै किन नहोस्, ती सूचना कर्मचारीतन्त्रको माथिल्लो निकायले नै चुहाउने गरेका छन् । हरेक दिन सरकारका विरुद्ध आउने समाचारको स्रोत पनि धेरैजसो तिनै विशिष्ट श्रेणीका कर्मचारीहरु नै हुन् । पछिल्लो पटक सेनाको विषयमा ‘गोप्य’ कुरा बाहिर चुहिन थालेको छ । त्यसको स्रोत कर्मचारी हुन् । यस विषयमा सरकार समयमै गम्भीर नहुँदा कर्मचारीतन्त्र अराजकतातर्फ उन्मुख छ । सरकारको कमजोरी भनेकै मुख्यसचिव लोकदर्शन रेग्मी हुन् । देउवापत्नी आरजु राणाको सेवा गरेवापत मुख्यसचिव भएका रेग्मीलाई ओली सरकारले निरन्तरता दिनु नै ओलीको असफलता हो । रेग्मीले पनि दिनहुँ प्रम ओलीको आरती उतारेकै कारण उनीले मुख्यसचिव पद जोगाएका छन् ।

कृष्णप्रसाद देवकोटा

त्यसको एउटा उदाहरण पूर्व पर्यटन सचिव कृष्णप्रसाद देवकोटा हुन् । पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा उनको सरुवा भयो । यो सामान्य प्रक्रिया हो । तर, उनको बिदाइमा उनले आफ्नो सरुवालाई बिजुली बससँग जोडेर जे जति कुरा बोले, त्यो कुराले सचिवजस्तो व्यक्ति कतिसम्म अराजक हुँदोरहेछ भन्ने कुरा छर्लङ्ग भएको छ । आफ्नो सरुवाको विषयमा उनले मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई विवादमा ल्याउने जुन कार्य गरे, पदीय हिसाबले त्यो एउटा सचिवले गर्ने कुरा थिएन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अगाडि नै सचिव देवकोटाले ‘भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा उनको सरुवा भएको बताएका छन् । उनको यो भनाइमा कुनै सत्यता छैन । चीनबाट भारत हुँदै काठमाडौँ ल्याइएका बीवाईडी कम्पनीको इलेक्ट्रिक बस सम्झौताबमोजिम नै आएको बस हो । उक्त बसको कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले साझा यातायातको प्राङ्गणबाट सिंहदरबारसम्म यात्रा गरेर शुभारम्भ गरेका थिए । प्रधानमन्त्रीबाट शुभारम्भ गरिएको बसलाई एउटा प्राविधिक टोली गठन गरेर उक्त बस नलिने निर्णय गर्ने पनि यिनै सचिव देवकोटा हुन् । प्रधानमन्त्रीलाई हास्यको पात्र बनाउन उनले यतिसम्म षड्यन्त्र मात्र गरेनन्, प्रधानमन्त्रीलाई समेत भारतमा बनेको बस आएकोले अस्वीकृत गरेको भनेर ढाँटे । कान्तिपुर दैनिकलाई प्रयोग गरेर आफ्नो झुठलाई सत्य हो भनेर पुष्टि गर्न खोजे । तर, बसका विषयमा आफ्नै मन्त्रालय र चीनको बीवाईडी कम्पनीबीच भएको सम्झौताको पालना गरेनन् । कान्तिपुर दैनिकमा उनले उक्त बस स्वीकार नगरे ‘तँलाई ठेगान लगाइदिन्छु’ भनेर धम्की दिएको बताएका छन् । यो सरासर झूठ कुरा हो । उनलाई कसैले धम्की दिएको छैन । बालुवाटार स्रोत अनुसार के कारणले उक्त बस अस्वीकृत गरिएको हो भनेर सोधिएको थियो । सचिव देवकोटाले बालुवाटारलाई पनि ढाँटेको कुरा पछि त्यसको रहस्य खुल्यो ।
चीनको बीवाईडी कम्पनीले आफ्नो भारतीय पार्टनर गोल्ड स्टोनमार्फत नेपाल पठाएको उक्त बस मन्त्रालयकै कर्मचारीले भैरहवा भन्सारबाट छुटाएर ल्याएका थिए । यो कुराको जानकारी चीनको बीवाईडी कम्पनीले पटक–पटक पत्र लेखेर मन्त्रालयलाई जानकारी गराएको पनि छ । मन्त्रालयबाट गठित प्राविधिक टोलीले दिएको प्रतिवेदनमा सत्रवटा सामान्य त्रुटि देखाएको छ, तर बस भारतमा बनेको भनेर कतै उल्लेख गरेको छैन । बसको च्यासिस नम्बर, ब्याट्री परीक्षण नै नगरी बसको सिट, झ्याल, अग्निनियन्त्रण आदि परीक्षण गरेर चीनबाट आएको बसलाई भारत भनेर सचिव देवकोटाले कसरी प्रमाणित गर्न सक्छन् ? चीनको बीवाईडी कम्पनीले गोल्ड स्टोनमार्फत नेपाल पठाएको उक्त बसमा सामान्य कुराहरुमा ‘मेड इन इण्डिया’ लेखिएको प्रतिवेदन प्राविधिक टोलीले दिँदैमा सिंगो बस भारतमा बनेको भन्न मिल्दैन । बस कहाँ बनेको भन्ने कुरा त्यसको च्यासिस नम्बरबाट थाहा हुन्छ । जहाँसम्म ती बस आयात गर्ने साहुले नै भन्सारमा ‘कन्ट्री अफ ओरिजन भारत भनेर लेखिएको छ’ भन्ने कुरा कान्तिपुरमा छापिएको छ, त्यो कुन साहु हो जसले यस्तो कुरा उनलाई गरे । जहाँसम्म साहुको कुरा छ, त्यसमा पनि सत्यता छैन । बीवाईडीसँग गरेको सम्झौताको हरेक पाना पल्टाउँदै जाने हो भने एक ठाउँमा कन्ट्री अफ ओरिजन चाइना-इण्डिया उल्लेख गरिएको छ । यद्यपि, यो बस चाइनाबाटै आएको भन्ने कुराको सयौं प्रमाण मन्त्रालयमा सुरक्षित छ ।
प्रधानमन्त्रीलाई समेत बदनाम गराउने कार्य सचिव देवकोटाले गरेपछि उनको सरुवा युवा तथा खेलकुद मन्त्रालयमा भएको छ । देवकोटाले अख्तियारलाई समेत ढाँट्ने काम गरेका छन् । यसको सजाय ढिलो चाँडो उनले पाउने कुरा समाचार स्रोतले बताएको छ । अख्तियारको सजायबाट जोगिन पर्यटनका पूर्वसचिव देवकोटाले कान्तिपुर दैनिकलाई प्रयोग गरेका छन् । हिजो सोमबारको कान्तिपुर दैनिकमा सुरज कुँवरले देवकोटाको रक्षा गर्दै उक्त बस भारतमा निर्माण गरिएको हो भनेर पुष्टि गर्न खोजेका छन् । तर, अहिलेसम्म भारतले इलेक्ट्रिक बस निर्माण गरेको कुरा कतै सार्वजनिक भएको छैन । एउटा सचिवले जे भन्यो त्यो कुरा छापेर कान्तिपुरले ‘बिजुली बस’का बारेमा व्यापक भ्रम सिर्जना गरेको छ । जहाँसम्म कान्तिपुरको सोमबारको अंकमा छापिएको प्रज्ञापनपत्रको कुरा छ, त्यो पनि मन्त्रालयकै सहमतिमा गरिएको सम्झौता हो । मन्त्रालयले एलसी खोल्न नमानेपछि मन्त्रालयकै सहमतिमा टीटीको माध्यमबाट भारतमा पैसा पठाइएको थियो । त्यस आधारमा बीवाईडी चीनको पार्टनरले भन्सार छुटाउँदा ‘कन्ट्री अफ ओरिजन इन्डिया’ लेखेको हो । यदि यसै आधारमा उक्त बस अस्वीकृत गरिएको हो भने सचिव देवकोटाको नियतमाथि शंका गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्