Logo
Logo

सामिआ बनिन् तान्जानियाकाे पहिलो महिला राष्ट्रपति


दृष्टि संवाददाता


एजेन्सी । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति बनेकी छन् । राजधानी दारेसलाममा सेनाको उपस्थितिमा हसनले शुक्रबार राष्ट्रपति पदको शपथ लिएकी हुन् ।

तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि उपराष्ट्रपति हसन राष्ट्रपति बनेकी हुन् । शपथ ग्रहणपछि हसनले इमानदार भएर तान्जानियाको संविधानको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

तान्जिनियाको संविधानअनुसार हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्नेछिन् । सो अवधि सन् २०२५ सम्म रहने छ । पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए ।

गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँच वर्षे कार्यकाल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्