Logo
Logo

झण्डै दुई दशकपछि लिसेस्टर सिटी सेमिफाइनलमा


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । ३९ वर्षपछि लिसेस्टर सिटी सेमिफाइनलमा पुगेको छ । किङ पावर रंगशालामा म्यानचेस्टर युनाइटेडमाथि ३–१ गोलको जीत हाँसिल गरेको लिसेस्टर सिटीको इंग्लिस एफ ए कपको सेमिफाइनल यात्रा सम्भव भएको हो ।

सन् १९८२ को एफए कपमा सेमिफाइनलसम्म पुगेको लिसेस्टर त्यसयता कहिले पुग्न सकेको थिएन । त्यसताका टोटनह्यामसँग पराजित बनेको थियो । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्ना मुख्य खेलाडीहरु बुर्नो फर्नान्डेज र लुक श लाई आराम दिनुको ठूलो मूल्य चुकाए ।

लिसेस्टरका लागि केलाची हेनाचोले २ गोल गरे भने टेलिम्यान्सले एक गोल थपे । हेनाचोले २४ औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । युनाइटेडका ग्रिनउडले ३८ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफ बराबर भयो ।

५२ औं मिनेटमा टेलिम्यान्सले लिसेस्टरलाई पुनः अग्रता दिलाए । ७८औं मिनेटमा हेनाचोले ३–१ को जित निश्चित गराए । अर्को महिना हुने सेमिफाइनलमा लिसेस्टरले साउथह्याम्प्टनसँग खेल्नेछ । गएराति नै भएको खेलमा सेफिल्ड युनाइटेडमाथि २–० को जित निकालेको चेल्सीले सेमिफाइनलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्