Logo
Logo

कहीँ नभएको जात्रा बालुवाटारमा


दृष्टि संवाददाता


काठमाडौं । हाँडीगाउँबाट प्रधानमन्त्री निवास बालुवाटार एक किलोमिटर दूरीमा पनि छैन । हाँडीगाउँको गहना पोखरीमा वर्षको एकपटक मात्र जात्रा लाग्ने गर्दछ । त्यस जात्रालाई ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने चलन छ । तर, बालुवाटारमा भने दिनहुँ जात्रा हुने गरेको छ । कहिले बाँसुरी बजाउने त कहिले सारङी रेट्नेसम्मको जात्रा त सबैले देखेकै कुरा भयो, तर अब देशभरका उद्योगी, व्यवसायीलाई भोज खान बोलाएर एमाले प्रवेशको नौटंकी पनि बालुवाटारमा सुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक चुनाव हारेका प्रधान अहिले बेरोजगार जस्तै बनेका छन् । त्यसैले उनले दुगडको कुरा काट्न सकेनन् । कोरोनाका कारण उद्योग व्यवसाय संकटमा परेको छ । राजनीति अहिले पैसा कमाउने सजिलो माध्यम बनेको छ । न बैंकको ऋण तिर्नुपर्ने झन्झट न त मजदुर नै पाल्नुपर्ने कचकच । एउठा ठेक्का मिलाइ दिएवापत अर्बौ कमिशन आउने भएपछि बैंकको ऋणमा डुबेका, सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपेका, नक्कली भ्याट बिलमा मुछिएका, राजस्व अनुसन्धान विभागबाट हैरानी खेपेका व्यापारीहरुलाई आफ्नो अपराध पखाल्न एमाले प्रवेश एउटा गतिलो अवसर बनेको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले माओवादीसँग भएको एकता उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई कारवाही गरेर त्यसको ठाउँमा दलाल पूँजीपति र बिचौलियालाई पार्टी प्रवेश गराएका छन् । त्यसको जिम्मा सल्लाहकार मोतीलाल दुगडलाई दिएका छन् । पार्टी प्रवेश गराउने कुरामा दुगडले एक महिना अगाडिदेखि विराटनगरका व्यापारी किशोर प्रधानसँग सल्लाह गर्दै आएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक चुनाव हारेका प्रधान अहिले बेरोजगार जस्तै बनेका छन् । त्यसैले उनले दुगडको कुरा काट्न सकेनन् । कोरोनाका कारण उद्योग व्यवसाय संकटमा परेको छ । राजनीति अहिले पैसा कमाउने सजिलो माध्यम बनेको छ । न बैंकको ऋण तिर्नुपर्ने झन्झट न त मजदुर नै पाल्नुपर्ने कचकच । एउठा ठेक्का मिलाइ दिएवापत अर्बौ कमिशन आउने भएपछि बैंकको ऋणमा डुबेका, सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपेका, नक्कली भ्याट बिलमा मुछिएका, राजस्व अनुसन्धान विभागबाट हैरानी खेपेका व्यापारीहरुलाई आफ्नो अपराध पखाल्न एमाले प्रवेश एउटा गतिलो अवसर बनेको छ । किशोर प्रधानका अनुसार २३५ जनाले एमाले प्रवेश गरेको जानकारी दिएका छन् । प्रवेश गर्नेहरुको सूची सल्लाहकार दुगडले तयार पारेका थिए ।

दुगड एमाले होइनन् । उनको पेशा उद्योगीको रुपमा स्थापित भए पनि उनी दलाल पूँजीपति हुन् । आफू गजेन्द्रनारायण सिंहको प्रेरणाले राजनीतिमा लाग्न प्रेरित भएको बताउने उनी अहिले सिंहको पार्टीमा होइन, ओलीको पार्टीमा समानुपतिक सांसद छन् । ओलीले एकाएक उद्योग राज्यमन्त्री बनाएका दुगडले मन्त्री हुँदा करोडौं कमाएको कुरा व्यापारीहरु बताउँछन् । पूर्वाञ्चलमा ह्यारिसन होटल सञ्चालन गरेका उनले विराटनगरमा पाँचतारे सेन्चुरियन होटल र मल निर्माण गरिरहेका छन् । त्यसको स्रोत बैंक ऋण बताए पनि भित्री कुरा कालोधन नै हो । यस विषयमा कुनै दिन सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्ला नै ।

बहुदलीय व्यवस्था पुनःस्थापना भएसँगै ०४८ सालदेखि पिभीसी पाइप उद्योग खोलेका दुगडले सेन्चुरी मसला कुरमुरे पनि उत्पादन गर्दै आएका छन् । राजनीतिक आवरण र ओलीको संरक्षणमा छोटो समयमै उनी नवधनाढ्य बनेका छन् । प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकार बनेपछि उनको प्रगति दिन दुगुना रात चौगुना भएको छ । ओलीको पछाडि लागेपछि रातारात धनी हुन पाइँदोरहेछ भन्ने लोभमा गत साता २३५ व्यापारीले एमाले प्रवेश गरेर कम्युनिष्ट पार्टीको धज्जी उडाएका छन् ।

एमाले प्रवेश गर्ने व्यापारी को हुन् ?

किशोर प्रधान, ललित अग्रवाल, सीताराम अग्रवाल, हितेश गोल्छा, पुनम व्यास, कृष्ण प्रसाई, मदन मित्तल, अजय सराबगी, ओमप्रकाश वंशल, नरेन्द्रकुमार गुप्ता, अनिलकुमार वंशल, दिलीप जैन, दिलीप अग्रवाल, राकेशकुमार जलन, प्रेम पाण्डे, नरमतसिंह जैन, ओम प्रकाश मोर, ओम प्रकाश लोहिया, सुरेन्द्र श्रेष्ठ छन् । त्यसैगरी सरस्वती खत्री, किशोर लोहिया, नवील खान, जीवन दारुका, पिताम्बर हलाल्का, मुकेश महेश्वरी, अमिर बिँडारी, सन्तोष खेतान, आशुतोष पटवारी, सुवास गोयल, प्रकाश कपुरी, अजय जलान, विनोद सतानी, पियुस मित्तल, खिउ कुमार शर्मा, रमेश पंसारी, ददीराम सापकोटा, दिपक टिवडेवाल, रहेका छन् ।

त्यस्तै विनोद सेठिया, महेन्द्र बटुवाल, इन्द्र कुमार मित्रोका, श्याम सरावगी, श्रीधर बन्जाडे, अनिल जलान, सन्दीप सरावगी, उषा धनावत, अमन कन्दोही, अशोक अग्रवाल, अंकुर लोहिया, नवीन कर्माचार्य, पंकज मित्तल, बबिता श्रेष्ठ, रमेश दास, राजेश अग्रवाल, विनिता अग्रवाल, महेन्द्र अग्रवाल, सुस्मिता खड्का, कमल पोखरेल छन् । त्यसैगरी गणेश प्रधान, बिशाल श्रेष्ठ, सुरेन्द्र मोर, सन्दीप सरावगी, अरुण शर्मा, उपेन्द्र पाठक, अनिल अग्रवाल, कान्छा तुलाधर, गोविन्द आचार्य, चिराग लुहिया, जीवन दारुका, दिपेश खड्का, नवीन क्षेत्री, नारायण श्रेष्ठ, पंकज जलानले पनि एमाले प्रवेश गरेका छन् भने संजय तुल्सीयान, पदमबहादुर कार्की, प्रकाश पाण्डे, प्रतिमा अधिकारी, श्री किसन शर्मा, प्रदीप खनाल, प्रदीप भुजेल, विजय तुलाधर, बिशाल शर्मा, मिलन खतिवडा, युवराज कोइराला, शम्भु तिवारी, सविता महर्जन, सिद्धार्थ रिजाल, सचिन लामा, सुवास गोयल छन् । यी व्यापारीहरुको धन्दा के हो भन्ने विषय खोजीको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्