Logo
Logo

‘दलितमाथिको विभेद अन्य गर्नुपर्छ’


दृष्टि संवाददाता


काठमाडौं । जातीय छुवाछुतका डरलाग्दा घटनाहरू बाढिरहेको सांसदहरूले बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा सांसदहरूले दलितमाथिको विभेद अन्य गर्नुपर्ने बताए ।

सांसदहरूले न्यायमाथिको पहुचलाई बलियो बनाउँदै विभिन्न किसिमका अवसरहरू दलित समुदायलाई दिनुपर्ने र जातीय छुवाछुत उन्मुलन गर्नुपर्ने बताएका हुन् ।

बैठकमा समिति सभापति कृष्ण भक्त पोखरेलले अहिलेसम्मका घटनामा गृहमन्त्रालयले के गरिरहेको छ ? भनेर प्रश्न गरे । उनले जातीय आधारमा हुने छुवाछुतको कसुर र सजायको दायरालाई फराकिलो बनाउनुपर्ने बताए ।

बैठकमा सांसद देव गुरुङले जातिय छुवाछुतलाई मानवता विरोधी अपरोधकै रुपमा लिनुपर्ने बताए । उनले सामाजिक छुवाछुत र जातीय छुवाछुत एउटै डालोमा हाल्न नहुने पनि बताए ।

सांसद लक्ष्मण लाल कर्णले जातको सुरुवात हुन्दू धर्मबाहेक अन्त कतै नभएको तर्क गर्दै धर्म ग्रन्थहरुले जातियताको पक्षलाई उठाईरहेको बताए । उनले पुराण लगायत विभिन्न ग्रन्थहरूलाई परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने र गलत परम्परालाई छोड्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्