Logo
Logo

नेपाल र किर्गिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी


दृष्टि संवाददाता


काठमाडाैं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल र किर्गिस्तानको यू २३ टिमबीचको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ ।

फिनिसिङमा चुक्दा नेपाली राष्ट्रिय फुटबल टोली थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा किर्गिस्तान यु २३ सँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको हो ।

खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको हेडरको प्रयास फ्रेमको नजिकबाट बाहिरियो ।

आठौं मिनेटमा सञ्जोग राईको कर्नरमा दिनेश राजवंशीले डिबक्समा खालि पोजिसनमा रहेको अवस्थामा बललाई कनेक्ट गर्न सकेनन् ।

१० औं मिनेटमा रोहित चन्दको कर्नरमा अनन्त तामाङको हेड फ्रेमको नजिकैबाट बाहिरियो । १४ औं मिनेटमा अञ्जन विष्टको डिबक्स भित्रबाट गरेको प्रहार पोलमा लागेर फर्किन पुग्यो ।

जसका कारण नेपाली दर्शक चुकचुकाउन पुगे । २२ औं मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रहार हावामा बाहिरियो ।

२९ औं मिनेटमा सञ्जोक राईले डिबक्समा मिलाएको बललाई अभिशेख रिजालको उत्कृष्ट प्रहार बाहिरिन पुग्यो । ३१ औं मिनेटमा रजिन धिमालको फ्रिकिकमा अञ्जन विष्टको हेडर किर्गिज टिमका गोलकिपरले बचाए ।

३४ औं मिनेटमा रवि पासवानको क्रसमा अञ्जन विष्टले गरेको प्रहार फ्रेमको नजिकैबाट बाहिरियो । ४३ औं मिनेटमा किर्गिस्तानको टिमको टिमको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले पन्च गरेर बचाए ।

अहिले खेलको दोस्रो हाफ सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्