Logo
Logo

नेपाल किर्गिस्तानसँग गाेलरहित बराबरीमा रोकियो


दृष्टि संवाददाता


काठमाडाैं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले बराबरी खेल्नु परेको हो । यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना छ । खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।

बंगलादेशको १ खेलमा ३ अंक छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग एकका विरुद्ध शुन्य गोल अन्तरले पराजित भएको थियो । अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्