Logo
Logo

काठमाडौंमा एक्कासी बढ्याे वायु प्रदुषण


दृष्टि संवाददाता


काठमाडौं । शुक्रबार काठमाडौंं उपत्यका एक्कासि वायु प्रदूषण बढेको छ । आकाश तुवाँलाले भरिएको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । घरभित्रसम्म धुँवा र प्रदूषणको गन्ध तीब्र आइरहेको छ ।

जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदुषण भएको हो ।

वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण हुन सकेकाे छैन । आइएफआर र भीएफआर उडान हुन नसकेको कर्णले बताए ।

 

प्रतिक्रिया दिनुहोस्