Logo
Logo

इजिप्टमा अपार्टमेन्ट भत्किँदा पाँच जनाको मृत्यु


दृष्टि संवाददाता

504
Shares

एजेन्सी । इजिप्टको राजधानी कायरोमा एक अपार्टमेन्ट भत्किँदा ५ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे भएको घटनामा अन्य २४ जना घाइते भएको इजिप्टको सरकारी समाचार एजेन्सी मेनाले जनाएको छ।

‘भग्नावशेषमा फसेका अन्य व्यक्तिको खोजि भइरहेको छ। घाइते भएका २४ जनालाई उपचारको लागि नजिकैको अस्पताल लगिएको छ,’ कायरोका प्रशासनिक प्रमुख खालिद अब्देल अलले भने।

प्रहरीले घटनास्थललाई घेरा हालेर हालेर अन्य व्यक्तिको खोजि गरिरहेको छ। साथै बुलडोजर प्रयोग गरेर खोजि तीव्र बनाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्