Logo
Logo

भारतीय दूतावासबाट विद्यार्थीलाई छात्रवृत्ति


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । भारतीय दूतावासले विश्वविद्यालय र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १५ वटा विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गरेको छ ।

शनिवार शिवपुरी राष्ट्रिय निकुञ्जमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकी श्रीमती पूजा क्वात्राले माइती नेपालमा आश्रय लिएर विश्वविद्यालय र विद्यालयमा अध्ययनरत १५ छात्रालाई छात्रवृत्ति प्रदान गरेकी हुन् ।

भारतको ७५ औंँ स्वतन्त्रताको वार्षिकोत्सवको कार्यक्रमका अवसरमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत कार्यक्रममा छात्रवृत्ति दिएका हुन् । यस्तै, सोही अवसरमा माइती नेपालको सहकार्यमा दूतावासले एक दिने महिला पदयात्राको आयोजना समेत गरेको थियो ।

पैदलयात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाको समेत उपस्थिति थियो । भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सव मनाउँदैछ ।

महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ । महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्