त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल : एक गाेल पनि नगरी नेपाल फाइनलमा « Drishti News – Nepalese News Portal
Logo

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल : एक गाेल पनि नगरी नेपाल फाइनलमा


दृष्टि संवाददाता


काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा एक गोल पनि नगरी नेपाल फाइनलमा प्रवेश गरेको छ । दुई खेलमै गोल नगरी नेपाल फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि फेरी सोमबार बंगलादेशसँग नै खेल्नेछ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका स्ट्राइकर आजपनि गोल गर्नबाट चुके । चिरप्रतिद्वन्द्वी बंगलादेशविरुद्ध नेपालले केहि राम्रा मौका पाएको थियो । जसमा नेपाली टिम चुक्न पुग्यो ।

खेलको तेस्रो मिनेटमा खेलको तेस्रो मिनेटमा अनन्त तामाङको लामो पासमा अञ्जन विष्टले गरेको प्रयासलाई बंगलादेशी गोलकिपर साहिदुल आलमले क्लियर गरे ।

२१ औं मिनेटमा त्रिदेभको क्रसमा अञ्जन विष्टले फ्रि पोजिसनमा पाएको बललाई हेड गर्दा पोष्टमाथिबाट बाहिरियो । २४ औं मिनेटमा त्रिदेभ गुरुङको डिबक्स भित्रबाट गरेको प्रहार फ्रेममा रहन सकेन । ३७ औं मिनेटमा बंगलादेशले राम्रो अवसरको सिर्जना गरेको थियो । तर नेपाली डिफेन्डरले आफ्नो डिबक्समा रहेको बललाई मुस्किलले बचाए ।

४० औं मिनेटमा बंगलादेशका जमल भुयाको फ्रिकिक प्रहार फ्रेममा रहन सकेन । त्यसपछि दुबै टिमबाट थप मुभ हुन सकेन र खेल पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।

५८ औं मिनेटमा अञ्जन विष्टले डिबक्समा पाएको बललाई राम्रोसँग कनेक्ट गर्न सकेनन् । जसका कारण उनको प्रहारलाई बंगलादेशी गोलकिपरले सहजै बचाए । ६५ औं मिनेटमा रजित धिमालको पासमा अभिशेख रिजालले हेडको प्रयासपछि पोष्टबाट बाहिर रह्यो ।

७३ औं मिनेटमा फेरी एक पटक नेपालको आक्रमणलाई बंगलादेशी गोलकिपरले बचाए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । योसँगै नेपाल इतिहासमै पहिलोपटक गोल नै नगरी फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्