Logo
Logo

छैठौं धनबहादुर स्मृति राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता सम्पन्न (फोटो फिचर)


दृष्टि संवाददाता


काठमाडौं । छैठौं धनबहादुर स्मृति राष्ट्रिय अफिसियल कराँते प्रतियोगितामा आयोजक टीमले १० स्वर्ण पदक जित्न सफल भएको छ ।

चन्द्रागिरी नगरपालिका क्षेत्रमा कराँते कलाका सुत्रधार नेपाल सितोरियो कराँतेका संस्थापक सदस्य, समाजसेवी तथा प्रजातन्त्रबादी नेता स्वर्गीय धन बहादुर महर्जनको स्मृतिमा धन बहादुर खेलकुद प्रतिष्ठानको आयोजनामा चन्द्रागिरी नगरपालिका– १० बोसिगाँउमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ५ रजत, ४ काश्य पदक जितेर आयोजक टिम प्रथम हुन सफल भएको हो ।

यस्तै, ३ स्वर्ण, ४ रजत, ३ काश्य पदक जितेर गण्डकी प्रदेश दोस्रो र ३ स्वर्ण, ३ रजत, १ काश्य पदक जितेर बागमती प्रदेशको टिम तेस्रो हुन सफल भयो ।

पुरुष तर्फ आयोजक टिमका जेमिन महर्जन तथा महिला तर्फ लुम्बिनी प्रदेशका रक्षा शाही बेस्ट प्लयेर घोषित भएका छन् भने काता तर्फ रिहान जाबेदले स्वर्ण पदक जितेका छन्।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन समारोहका कार्यक्रममा प्रमुक अतिथिले बिजेता खेलाडी, रेफ्री तथा अतिथिहरुलाइ मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

तस्बिरमा हेर्नुहोस् प्रतियोगीता

 

 

 

प्रतिक्रिया दिनुहोस्