Logo
Logo

आर्मी क्लब र किर्गिस्तान आज भिड्दै, निःशुल्क हेर्न पाइने


दृष्टि संवाददाता


काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच  आइतबार (आज) दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।
त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ । त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।

प्रतिक्रिया दिनुहोस्