Logo
Logo

तीन दशकपछि मेलम्चीको पानी घर-घरमा


दृष्टि संवाददाता


काठमाडौँ ।  तीन दशकपछि काठमाडौंमा मेलाम्चीकाे पानी आएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रमुख मिलन शाक्यले आइतबार दिउँसो पानीको चाबी खोलेर उपभोक्ताको धारा-धारामा मेलम्चीको पानी पठाएका हुन् ।

सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी साढे दुई बजे जनताको घरमा पुगेको छ ।

पहिलो दिन पुरानो वितरण लाइनबाट मेलम्चीको पानी धारामा छोडिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए । ‘आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण हुदैँछ,’ उनले भने, ‘बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङकीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।’

महांकाल चौरमा ८५ लाख खान पानी लिटर स्टोर गर्ने क्षमता रहेको छ । हाल दैनिक २ करोड लिटर पानी वितरण गरिनेछ भने केही दिनपछि ३ करोड लिटर पानी वितरण गरिने बताइएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ ।

यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्