Logo
Logo
थ्री नेसन्स कपको फाइनल :

बंगलादेशविरूद्ध नेपाल एक शून्यले अगाडी


दृष्टि संवाददाता


काठमाडाैं । थ्री नेसन्स कपको फाइनलमा खेलमा नेपालले गोलको खडेरी अन्त्य गरेको छ । नेपालले बंगलादेशविरुद्धको फाइनलमा खेलको सुरुवाती १८ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै खेलमा अग्रता दिलाएका हुन् ।

१७ औं मिनेटमा सुनील बलको पासमा अनन्त तामाङको हेडरलाई बंगलादेशका गोलकिपर अनिसुर रहमानले बचाए । १८ औं मिनेटमा सञ्जोग राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले राष्ट्रिय टिमबाट दोस्रो खेलमा नै गोल गर्न सफल भए । उनको यो डेब्यु गोल पनि हो ।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्