Logo
Logo

पाँच जनाको स्वाव संकलन, १ सय ३४ जनाको स्वास्थ्य चेकजाँच


दृष्टि संवाददाता


बाजुरा । बुढीगंगा नगरपालिका १ मा रहेको धुरासैन माध्यमिक विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थीको स्वाव संकलन गरिएको छ । भाइरल इन्फुलन्जाको आशंकामा विद्यार्थीहरुको स्वाव संकलन गरिएको हो ।

विद्यार्थी विरामी पर्ने थालेपछि नगरप्रमुख दिपक बिक्रम शाह सहितको टिम चेकजाचका मंगलबार धुरालशैन माविमा पुगेको थियो । चिकित्सक सहितको टोलि विद्यालयमा पुुगेर विद्यार्थीको चेकजाँच गरिएको वडा नं. १ का वडाअध्यक्ष ललितबहादुर थापाले बताए ।

नगरप्रमुख शाहको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले १ सय ३४ जनाको चेकजाँच गरिएको हो । जसमध्ये १४ जनाको स्वाब संकलन गरेर नमुना परिक्षणका लागि केन्द्रिय प्रयोगशाला टेकुु काठमाडौ वडाअध्यक्ष थापाले जानकारी दिए । भाइरल इन्फुलन्जा चेक लागि स्वाब संकलन गरेर पठाइएको अध्यक्ष थापाले जानकारी दिए ।

पाँच दिन यता २ सय भन्दा बढि बिद्यार्थी बिरामी परेको खबर आएपछि नगरपालिकाकाले चिकित्सक सहित नगरपालिकाको टिम बिद्यालयमा पुुगेर बिरामीको चेकजाँच गरेको नगरप्रमुख दिपक विक्रम शाहले बताए । स्वास्थ्यकर्मीका अनुसार चेकजाँच गर्दा मौसमी रुघाखोकी भएको हुन सक्ने बताएका छन् । परिक्षणका लागि रगत संकलन गरेर काठमाडौ ल्याबमा पठाएका छौ, रिपोट आएपछि मात्र एकिन हुने नगरपालिकाले जनाएको छ ।
विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिदै आएको छ । शुरुमा कापेर ज्वरो आउने ज्वरो दुुई दिनसम्म लगातार ज्वरो आउने विस्तारै कम भएर ठिक हुने गरेको छ ।

बढी ज्वरो आएका घरमै रहेका छन् । विद्यालयमा १५ जना भन्दा बढी बिरामी भएर घर पठाउने गरेको विद्यालयका प्रअ महासिंह थापाले वताएका छन् । ६ दिनदेखि बिरामी पर्न थालेका हुन २ सय भन्दा बढि बिरामी भएको उनले थापाले बताए ।

एक साता यता दैनिक १५ जना भन्दा बढी बिरामी हुने गरेको विद्यालयका शिक्षक रमानन्द पाध्यायले वताएका छन् । सोमबार मात्र कक्षा–७ का एकै पटक १० जना विद्यार्थी विरामी परेका छन् ।

विद्यार्थी विरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएको उनले बताए । बिद्यालयले बिरामी परेका बिद्यार्थीलाई घर पठाउने गरेको जनाएको छ । विद्यालयमा मात्र नभई गाउँमा पनि यस्तो समस्या भइरहेको वताएका छन् । मौसमका कारणले यस्तो समस्या भएको हुन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्