Logo
Logo

चुरे क्षेत्रमा लागेको डढेलोले वयु प्रदूषण


हिक्मत बम


धनगढी । चुरे क्षेत्रमा तीन सातादेखि लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा वायु प्रदूषण बढ्दै गएकाे छ । जसले गर्दा मानिस र जीवजन्तुकाे स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनका अनुसार दक्षिणपूर्वी एसियामा सबैभन्दा धेरै प्रदूषण हुने मुलुकहरूको सूचीमा नेपाल पनि परेको छ । नेपालमा यसरी वायु प्रदुषण बढ्दै जानुकाे मुख्या कारण हाे, डढेलाे ।

चुरेमा लाग्ने डढेलोले वर्षेनी वायु प्रदूषण बढ्दै गइरहेको वातावरणविद्हरु बताउछन् । डढेलोले मात्रै नभएर घर र चोकमा प्लास्टिकजन्य फोहोरले जलाउनाले पनि वायु प्रदूषण बढ्दै गएको वातावरणविद्हरुको ठहर छ ।

कैलाली र कञ्चनपरका धनगढी, गोदावरी, टीकापुर, महेन्द्रनगर, गुलरिया, वाणीलगायतका नगर क्षेत्रमा जलाइने प्लास्टिकजन्य बस्तुबाट निस्कने धुवाँले र चुरे क्षेत्रमा लागेको डढेलोको मिसावट धुँवाले मानव स्वास्थ्यमा भम्भीर असर परिरहेकाे चिकित्सकहरू बताउछन् । आँखा पोल्ने, नाक चिलाउने, हाँच्छिउ आउने, खोकी लाग्ने, घाँटी खसखसाउने लगायतका असरहरु देखापर्ने चिकित्सकहरुकाे भनाइ छ ।

चिकित्सककाअनुसार पछिल्लो समय वायु प्रदूषणकोस्तर लगातार भयावह बन्दै गइरहेको छ । हावामा २.५ माइक्रोनका दूषित कणको मापनका आधारमा तयार पारिने वायु प्रदूषण सूचकांक एक्यूआईमा बुधबार धनगढीमा एक सय ७७ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा धेरैमाथि हो ।

चिकित्सकहरुले घरबाट बाहिर निस्किँदा मास्कको प्रयोग गर्नुका साथै स्वास्थ्य सुरक्षका मापडण्ड अपनाउन सुझाव दिएका छन् । चुरेमा लागेको डढेलोले चुरे क्षत्रमा भन्दापनि शहरी क्षेत्रमा बढी समस्या भएको जानकारहरु बताउछन् ।

उपत्यकामा पनि वायु प्रदूषण 

वनजंगलमा लागेको डढेलो र पश्चिमी वायुको असर काठमाडौं उपत्यकामा पनि परेको छ । शिक्षा मन्त्रालयले देशभरका विद्यालय शुक्रबारसम्मका लागि बन्द गर्न समेत निर्देशन दिइसकेको छ ।

यता, स्वास्थ्य मन्त्रालयले पनि घरबाहिर सकेसम्म ननिस्कन र निस्के पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पारिरहेको वरिष्ठ छातीरोग विशेषज्ञ डाक्टर अर्जुन कार्की बताउछन् ।

प्रदूषित वातावरणमा लामो समयसम्म बस्दा दम, मुटु सम्बन्धि रोग, फोक्सोको क्यान्सर हुने, पक्षघात हुन सक्ने डाक्टर कार्कीले बताए । दीर्घरोगका बिरामीहरुमा समस्या झनै बढ्दै जाने उनी बताउछन् । सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धाहरुलाई समस्य पार्ने डाक्टर कार्की बताउनछन् ।

वायु प्रदूषण कसरी कम गर्ने ?

वायु प्रदूषणलाई कम गर्नका लागि तत्कालिन र दीर्घकालिन रुपमा गर्नसक्ने उपायहरु अपनाउनु पर्ने र सम्बन्धित सरोकारावाला निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ । त्यसको लागि राज्य र नागरिकको फरक-फरक दायित्व हुन्छ ।

राज्यले धुवाँ फाल्ने खालका पुराना गाडीहरुलाई निगरानी गरि कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ । ठूला-ठूला कलकारखाना तथा इट्टाभट्टाबाट निस्किने धुवाँलाई कम गराउन सरकारले विशेष नीति बनाएर कार्यन्वय गर्न जरुरी छ ।

सरकारले बनाएको नीति नियम र निर्देशिकाहरु कार्यन्वयको पक्ष फितलो भएकाले पनि वायु प्रदूषणको कम हुन नसकेको जानकारहरु बताउछन् । त्यसको लागि सरोकारवाला सरकारी निकायहरुले सक्रियरु पमा लाग्नुपर्ने देखिन्छ ।

यसलाई रोक्नका लागि स्थानीयस्तरबाट जनचेतनामूलक कार्यक्रमहरु गर्न, चुरे क्षेत्रमा वृक्षारोपणका कार्यक्रमहरु गर्न, वनजंगलको संरक्षणमा ध्यान दिन, जलवयु परिवर्तनमा सघाउ पुग्ने खालका कार्यक्रमहरु गर्न सम्बन्धि सरोकारवाला निकाय डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय, स्थानीय तह र प्रदेश वन मन्त्रालय र वातावरण सम्बन्धि सरोकार राख्ने संघसंस्थाहरु सक्रिय हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्