Logo
Logo

फ्रान्समा फेरि एक महिना लकडाउन


दृष्टि संवाददाता


काठमाडाैं । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोको एक सार्वजनिक सन्देशमा शनिबारदेखि देशभर एक महिना लकडाउन हुने उल्लेख गरेका छन् ।

लकडाउनमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने उनले बताए । उनले कार्यालयको सट्टा घरमै बसेर काम गर्न आग्रह गरेका छन् ।मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ४१ हजार ९ सय ७ जना संक्रमित भएका छन् भने ३ सय ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्