Logo
Logo

कृषि समितिको ध्यान हिम चितुवा संरक्षणमा


दृष्टि संवाददाता


काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिमचितुवा संरक्षणका लागि वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने निकायहरुसंग छलफल गरेको छ । समितिको विहिबार बसेको बैठकले हिउचितुवा संरक्षण गर्न विभिन्न निकायहरुसंग छलफल गरेको हो ।

छलफलमा विश्व प्रकृति संरक्षण कोषको नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङले हिउचितुवा संरक्षण गर्न कञ्चनजंघा संरक्षण क्षेत्रमा स्थानीयका घरपालुवा जनावरको विमा गर्नुपर्ने बताए ।

उनले व्यवस्थापनमा ध्यान दिए हिमचितुवको संरक्षण हुने बताउदै स्थानीयले पाउनुपर्ने क्षेतिपूर्ति र राहतबारे सम्बन्धीत निकायले ध्यान दिए संरक्षणमा सहयोग मिल्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्