Logo
Logo

चैत्र २८ देखि कोभिड कप २०२१ आयोजना हुने


दृष्टि संवाददाता


काठमाडाैं । दशरथ रंगशालामा चैत्र २८ गते देखि कोभिड कप–२०२१ आयोजना हुने भएको छ । ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका कोभिड कप– २०२१ को आयोजना हुने आयोजक काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले जनाएको हो ।

खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजी तथा आवासीय विद्यालय लगायतको सहभागीता हुने आयोजको भनाई छ ।

७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दुरी पनि कायम गरिने आयोजकले जनाएको छ । कार्यक्रमा नेपालले कोभिडबाट कम क्षति व्यहोरेको भन्दै कोभिड नियन्त्रणमा नेपालको अवस्था सन्तोषजनक भएको चलचित्र अभिनेता धिरेन शाक्यले बताए ।

खेलसँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्