Logo
Logo

उसुका सर्वोत्कृष्ट खेलाडी जुनी राई र निमा घर्ती मगर बने


दृष्टि संवाददाता


काठमाडौँ । महिलातर्फ जुनी राई सान्सौंमा र निमा घर्तीमगर थाउलोमा उसु अवार्ड २०७७ का सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको उसु अवार्ड २०७७ महिलातर्फ जुनी राई र निमा घर्तीमगर, पुरुषतर्फ थाउलोमा बिजय सिन्जाली मगर र सान्सौंमा मंगल थारु खेलाडी सर्वोत्कृष्ट चुनिएका हुन् । दीपक हमाल उदयमान तथा सुस्मिता तामाङ मस्ट भ्यालुएबल खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा रहेको मुख्य प्रायोजन नागरिक विकास वचत तथा ऋण सहकारी संस्था र योयो ब्यान्क्युट भक्तपुरले गरेको कार्यक्रमका सभापति मञ्जुर महर्जन बताइन् । गजराज जोशी ट्रस्ट, बाबा फेसन कोल्थ, हार्डलिन्स् स्पोर्टस क्याफे, स्वप्निल साकोसबाट गिफ्ट ह्याम्पर तथा अलाईन हेल्दिनीयर, राईटमेड सर्जिकल सप्लायर्स, चेरिस ट्रेड कन्सर्न प्रा.लि.,खनाल सर्जिकल सप्लायर्स तथा पमिला ट्राभल्स एन्ड टुर्स प्रा.लि. नगद पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा नेपाली उसुका संस्थापक प्रणिल ध्वज कार्कीलाई लाइफ टाइम एजिभमेन्ट अवार्डले सम्मानित गरेको हो । राजीव महर्जनको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री महेश बस्नेतले पुरस्कार प्रदान गरे । कार्यक्रममा उसु प्रशिक्षक अमर थिङ, गणेश अर्याल,विमल थापा, मोहन बहादुर पाण्डे मगर प्रकाश कुमार लामा तथा राष्ट्रिय खेलाडीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्