Logo
Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा अनेरास्ववियुद्वारा आयल निगम घेराउ


दृष्टि संवाददाता


काठमाडौं । पेट्रेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा माधव–झलनाथ पक्ष अनेरास्ववियुले आयल निगम घेराउ गरेको छ ।

माधव–झलनाथ पक्षधर अनेरास्वियूले सोमबार आयल निगमविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो । प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

माधव नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामाले घेराउको नेतृत्व गरेका थिए ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्