Logo
Logo

भारतीय दूतावासद्वारा अस्पताल र शित भण्डार उद्घाटन


दृष्टि संवाददाता


काठमाडौं । नेपालगञ्जमा स्तरोन्नति गरिएको फत्तेबाल आँखा अस्पताल र दाङमा निर्माण गरिएको शित भण्डारको उद्घाटन गरिएको छ ।

भारत सरकारको चार करोड ६६ लाख अनुदान सहयोगमा स्तरोन्नति गरिएको आँखा अस्पताल र चार करोड २५ लाखको सहयोगमा निर्माण गरिएको शित भण्डारको नेपालस्थित भारतीय दूतावासका प्रशासन प्रमुख कृष्ण वंशलले उद्घाटन गरेका हुन् ।

यी दुवै परियोजनाहरु नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रुपमा सम्पन्न गरिएको हो ।

भारत सरकारको ४ करोड ६६ लाख अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड, प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा छ ।

त्यसैगरी ४ करोड २५ लाख र बाँकी नेपाल सरकार तथा उपभोक्ता समितिको सहयोगमा कूल ९ करोड ६६ लाख रुपैंया लागतमा ३२ सय एमटी क्षमताको शित भण्डारको निर्माण गरिएको हो ।

भण्डारमा तरकारी, फलफूल तथा कुहिएर जाने कृषिजन्य उत्पादन भण्डारण गर्न सकिनेछ । नवनिर्मित शित भण्डारले कृषि उत्पादनको बजार मूल्यलाई कायम राखि त्यस क्षेत्रका साना तथा मझौला कृषकको आय स्तरलाई बढाउन सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

भारत सरकार र नेपाल सरकारबीच कायम भएको सहमति अनुरुप यी दुई परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको हो ।

नेपाल सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरु जस्तैं शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सरसफाई, सार्वजनिक सुविधा र नेपालका दुर्गम तथा विपन्न क्षेत्रहरुमा कनेक्टिभिटी जस्तैं पुल, क्षमता निर्माण र व्यवसायिक प्रशिक्षण, स्वास्थ्य शिविर जस्ता क्षेत्रहरुमा पूर्वाधार निर्माण गर्न हेतु प्रस्ताव गरिने कुनै पनि परियोजना जसको लागत नेरु। ५ करोडभन्दा कम छ त्यस्ता परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्