Logo
Logo

रमेशलाई रेडियो नेपालको उत्कृष्ट गीतकार पुरस्कार


दृष्टि संवाददाता


काठमाडौं । रमेश दाहालले दोस्रो पटक रेडियो नेपालको उत्कृष्ट गीतकार पुरस्कार प्राप्त गरेका छन् ।

रेडियो नेपालको ७१ औं वार्षीकोत्सवको उपलक्षमा आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगितामा गीतकार दहालको ‘बाटाभरिका तगारा छिचोल्न सकूँ’ बोलको गीत उत्कृस्ट बनेकाे हो ।

चैत ११, १२, १३, र १५ गते को पहिलो चरणको छनौट प्रतियोगितामा ५० गीतहरु प्रस्तुत भएका थिए भने ३१ वटा गीतहरु प्रतियोगिताबाट अन्तिम चरणका लागि छानिएका थिए ।

कार्यक्रममा उत्कृस्ट भएको गीत संगीतकार डेनी निरौलाको सङ्गीत र गायिका सिर्जना गुरागाईंको स्वरमा प्रस्तुत भएको थियो ।यसघअघि दाहालद्वारा लिखित ‘पूर्वको बादल जल्यो’ बोलको गीतले २०६६ साल उत्कृष्ट स्थान प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रेमध्वज प्रधान र जीवन शर्मालाई स्रस्टा सम्मान गरिएको थियो भने रेडियो नेपालमा २५ वर्ष सेवा गर्ने कर्मचारीहरूलाई पनि दिर्घ सेवा पदक प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्