Logo
Logo

भारतको महाराष्ट्रमा लकडाउन र कर्फ्यू


दृष्टि संवाददाता


काठमाडौं ।  कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा लकडाउनसँगै कर्फ्यू पनि लगाइएको छ । संक्रमण तीव्र गतिमा फैलिएपछि साेमबारदेखि त्यहाँ लकडाउनसँगै कर्फ्यू लगाएकाे हाे ।

पुणे शहरमा कर्फ्यु लागु गरिसकिएको छ । त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएका छन् ।महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यू लागु हुनेछ ।

पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर-घरमा खाना पुर्‍याउन भने अनुमति दिइएको छ ।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ । सकेसम्म घरबाटै काम गराउन भनिएको छ । यी प्रावधान एप्रिल ३० तारिखसम्म लागु हुने अधिकारीहरूले जनाएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यो संख्या गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो। थपिएका नयाँ संक्रमितको आधा भन्दा बढी महाराष्ट्र राज्यका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन्।

कोभिड-१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्