Logo
Logo

किरण चेम्जोङ ‘एएफसी प्लेयर अफ दि विक’


दृष्टि संवाददाता


काठमाडौं । आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय टोलीलाई पहिलो उपाधि दिलाएका किरण चेम्जोङ साताको उत्कृष्ट एसियाली खेलाडी चुनिएका छन् । ५५.६९ प्रतिशत मत प्राप्द गर्दै गोलकिपर किरण एएफसी प्लेयर अफ दि विक बन्न सफल भएका हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता शीर्ष १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । प्लेयर अफ दी विक जित्ने किरण पहिलो नेपाली खेलाडी हुन् । एएफसीका अनुसार २०.७२ प्रतिशत अंक प्राप्त गरेका साउदी अरेबियाका सलेह अल सेहरी दोस्रो र इराकका अल अली महबइ १०.१६ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे । प्राप्त मतका आधारमा विजेता हुने भएकोले यसलाई एएफसीले घोषणा भन्ने गर्ने प्रचलन नरहेको बताइएको छ ।

किरणको कप्तानीमा गत साता नेपालले बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको उपाधि जितेको थियो । थ्री नेसन्सकप कपमा ३ खेलमा २ क्लिन सिट राखेका किरणले फाइनलमा १ गोलको सामना गरेका थिए । नेपाले दशरथ रंगशालामा ३७ वर्षपछि फुटबल उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्