पूर्व राजा ज्ञानेन्द्र शाह भारत जाँदै « Drishti News – Nepalese News Portal
Logo

पूर्व राजा ज्ञानेन्द्र शाह भारत जाँदै


दृष्टि संवाददाता


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आउँदो चैत २६ गते भारत जाने भएका छन् । ज्ञानेन्द्र शाहसँगै पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पनि भारत जाने भएकी हुन् ।

भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती त्यसतर्फ जान लागेको पूर्व राजा ज्ञानेन्द्र शाहको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्