Logo
Logo

एमाले प्रवेश गरेका व्यवसायीलाई उपहार, किशोर प्रधान निगममा नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघमा दुई पटकसम्म वरिष्ठ उपाध्यक्षमा पराजित भएका व्यवसायी प्रधान केही दिन अगाडिमात्रै प्रधानमन्त्री ओलीको हातबाट टीका ग्रहण गर्दै एमालेमा प्रवेश गरेका थिए । उनै प्रधानलाई पर्यटनमन्त्री ढकालमार्फत् नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्यमा नियुक्ति गरेको हुन ।

नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्