Logo
Logo

शक्तिशाली बन्दै पुटिन,संविधान संशोधन गरेर २०३६ सम्म राष्ट्रपति रहने


दृष्टि संवाददाता


एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म आफू पदमै रहन पाउने गरी तयार पारिएको कानूनमा सोमबार हस्ताक्षर गरेका छन् ।

पुटिनको कार्यकाल सन् २०२४ मा सकिँदैछ । एक वर्षको अन्तरमा दोस्रो पल्ट गरिएको संविधान संशोधन पछि अव उनलाई आगामी दुई कार्यकालका लागि बाटो खोलिएको हो ।

गएको वर्ष गर्मी महिनामा सार्वजनिक मतमार्फत यो परिवर्तनलाई अनुमोदन गरिएको थियो । संविधानमा दुई कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था गरिएको छ । जहाँ यसअघिका र वर्तमान कार्यकाल गणना हुने छैन ।

यसो हुँदा ६८ वर्षीय पुटिन ८३ वर्षको उमेरसम्म क्रेमलिनको हर्ताकर्ता बन्न पाउनेछन् । पुटिनले रुसको राष्ट्रपतिका रुपमा लगातार दोस्रो र समग्रमा चौथो कार्यकाल संहालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्