रामेछाप । प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ । दोरम्बा गाउँपालिका २ रामेछापस्थित सहिद स्मृति रंगशालामा बुधबारदेखि सुरू भएको हो ।
प्रतियोगितामा १७ टिमको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक टिम सैलुङ (बी) र अर्गानिक भिलेज नागीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा आयोजक टिम सैलुङ (बी) नागीसँग २-० गाेल अन्तरले पराजित भएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले खेल क्षेत्रको विकासमा कुनै पनि कसुर बाँकी नराख्ने बताए । त्यस्तै पालिका उपाध्यक्ष कृशला घिसिङले खेल क्षेत्रमा महत्त्वपुर्ण भूमिका निर्वाह गर्न आफू तत्पर रहेको बताइन् ।
प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ । द्धितिय हुने टिमले नगद एक लाख र तृतिय हुने टिमले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाउनेछन् ।
सान्त्वना हुने टिमले नगद २० हजार रुपैयाँ र उत्कष्ट खेलाडीले नगद पाँच हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिता चैत २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।