Logo
Logo

नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा प्रेमचन्द्र झा निर्वाचित


दृष्टि संवाददाता


रौतहट । नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा प्रेमचन्द्र झा निर्वाचित भएका छन् । अध्यक्षमा झासहित उपाध्यक्षमा रजनी ठाकुर, सचिव मदन ठाकुर, कोषाध्यक्षमा धर्मेन्द्र साह लगायत प्रवीण शर्मा, संजय सहनी, बिना राउतको समुह विजयी भएका हुन् ।

निर्विरोध निर्वाचित भएका १५ जना पदाधिकारी सदस्यहरुको नामावली भने पहिले नै प्रकाशित गरिएको थियो । निर्विरोध निर्वाचित हुनेमा सह सचिव खुला पदमा दिपेश पौडेल, सदस्य जनजातीमा प्रकाश श्रेष्ठ,अपांग सदस्यमा उमेश यादव, मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव, दलित सदस्यमा राम प्रवेश बैठा छन्।

यस्तै खुला सदस्यमा राकेश यादव र रामपुकार राउत,राष्ट्रिय परिषद सदस्यहरुमा अशोक कुमार पहाडी,उतम कुमार उपाध्याय, रामएकवाल साह, विकास अग्रवाल छन् ।

त्यस्तै प्रदेश परिषद सदस्यहरुमा रत्न अधिकारी,राजेन्द्र कुमार क्षेत्री,विवेक अधिकारी, गोपाल आचार्य रहेको नेपाल पत्रकार महासंघ निर्वाचन कार्यालय रौतहट शाखाका निर्वाचन अधिकृत विनय कुमार लाल दासले जानकारी दिए ।

निर्वाचित सबै प्रगितमनविरुद्ध बनेको गठबन्धनका हुन् ।

प्रतिक्रिया दिनुहोस्