Logo
Logo

मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभयुक्त १३ वर्षपछि पक्राउ


दृष्टि संवाददाता


बारा । मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभयुक्त १३ वर्षपछि पक्राउ परेकाे छ । पक्राे पर्नेमा खुटुवा जब्दी गाविस-८ बस्ने ४५ वर्षीय वीरेन्द्र महतो धानुक रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

२०६४ साउन २९ गते राती बारा प्रसौनी गाविस-७ स्थित रहेको किराना पसल बन्द गरी घरतर्फ जाँदै गरेका खुटुवा जब्दी गाविस-८ बस्ने बलिराम साहलाई धानुक समेतका १० जनाले हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाई राखेको अवस्थामा २०६४ भदौ ३० गते साह भाग्न सफल भएका थिए ।

उक्त घटनामा संलग्न रही फरार रहेका धानुकलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्