पुलिसलाई हराउँदै अफ्रिकन रुट आहा रारा गोल्डकपको फाइनलमा « Drishti News – Nepalese News Portal
Logo

पुलिसलाई हराउँदै अफ्रिकन रुट आहा रारा गोल्डकपको फाइनलमा

संकटासँग उपाधि भिडन्त


दृष्टि संवाददाता


पोखरा । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।

अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २–० को जित दिलाए । खेलको म्यान अफ दि म्याच मौसा चुनिए ।

पहिलो पटक सहभागिता जनाएको अफ्रिकन पहिलो पटक फाइनल पुगेको हो । सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

अब उपाधिका लागि अफ्रिकनले संकटा क्लबसँग खेल्नेछ । संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्