Logo
Logo

आहा–रारा गोल्डकपको उपाधि संकटालाई


दृष्टि संवाददाता


पोखरा । आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले चुमेको छ । आज भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई
४-२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि उचालेको हो ।

निर्धारित र थप समय १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा संकटाले बाजी मारेको हो । टाइब्रेकरमा संकटाका गोलकिपरको प्रर्दशन उत्कृष्ट रह्यो । सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा विदेशी टोलीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए ।

अफ्रिकनका यानिक र रिमले गोल गरे । तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाए ।

ग्लोरीको गोलबाट संकटा खेलमा फर्केको थियो । उनले ५२ मिनटमा गोल गरेका थिए । त्यस अघि एआरले ११ औं मिनटा ज्याक्स बसिको गोलबाट अग्रता लिएको थियो ।

उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।

सहारा क्लब पोखरामा आयोजित आहा रारा गोल्डकपमा यस पटक ८ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्