Logo
Logo

मेयर कपको उपाधि एपीएफलाई


दृष्टि संवाददाता


ललितपुर । विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी-२० च्याम्पियन्सको उपाधि जितेको छ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो। सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो। उसका लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरले २७, इन्दु रानाले अविजित २६ र ममता चौधरीले नटआउट १५ रन बनाइन् ।

पाण्डे र रानामगरले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरिन्। ज्योति र सीता दुवै रनआउट भएका थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो। उसका लागि विन्दु रावलले उत्कृष्ट ब्याटिङ गरिन्।

उनले ५४ बलमा चार चौकासहित अविजित ४४ रन बनाइन्। त्यस्तै, डली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रनको योगदान दिइन्। बाँकी ब्याट्सवुमनले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। बलिङमा विनु बुढा, सीता रानामगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले एक–एक विकेट लिए। प्रतियोगिताको विजेताले टोली एपीएफले ३ लाख नगद पुरस्कार पाएको छ। उपविजेता सुदूरपश्चिमले भने एक लाख ५० हजारमा चित्त बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्