Logo
Logo

नेपालमा गैंडा संख्या बढ्यो


दृष्टि संवाददाता


काठमाडौँ । नेपालमा एकसिंगे गैंडाको संख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि भएको गणनामा संख्या ७ सय ५२ सय पुगेको हो । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

सन् २०१५को तुलनामा १ सय ७ वटा गैंडा नेपालमा बढेको प्रकृति संरक्षण कोषका प्रवक्ता एवं गैंडा विज्ञ नरेश सुवेदीले बताए । गैंडा गणना २०७७ अनुसार चितवनमा गैंडाको संख्या ६ सय ९४, शुक्लाफाटामा १७ वटा,बर्दियामा ३८ वटा र पर्सामा ३ वटा गैंडा रहेको सुवेदीले जानकारी दिए ।

गत चैत ९ गते वनमन्त्री प्रेमबहादुर आलेले सिटी फुकेर राष्ट्रिय गैंडा गणना २०७७ को उद्घाटन गरेका थिए । बर्दियामा चैत १७ र शुक्लाफाँटामा १९ गतेबाट गणना सुरु भएको थियो ।

गैंडा गणनामा दुई सय जनाजति कर्मचारी, प्राविधिक र पशु स्वास्थ्यकर्मीहरू जुटेका थिए । गैंडाको मुख्य बासस्थल चितवन निकुञ्ज भए पनि पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइन्छन् । चितवनबाट बर्दिया र शुक्लामा स्थानान्तरण गरेर गैंडा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्