Logo
Logo

सनराईज हैदराबाद र कोलकत्ता नाइट राइडर्स भिड्दै


दृष्टि संवाददाता


काठमाडौं । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार कोलकता नाइट राइडर्स र सनराईज हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल पौने ८ बाट चेन्नईमा हुँदैछ । खेलमा कोलकता इयोन मोर्गनको कप्तानीमा छ भने हैदरावाद डेभिड वार्नरको कप्तानीमा छ । सन् २०१६ को आईपीएल उपाधि जितेको हैदरावाद त्यसपछि लगातार प्लेअफमा स्थान बनाउन सफल भएको टिम हो ।

२०१८ को फाइनल खेलेको हैदरावाद चेन्नाईसँग पराजित हुँदै उप विजेता भएको थियो भने गत संस्करणको प्ले अफमा हैदरावादलाई पराजित गर्दै दिल्लीले फाइनलमा स्थान बनाएको थियो ।

हैदरावाद यस सिजन पनि आफ्नो बलिङ लाइनअपकै माध्यमबाट खेल जित्ने लक्ष्यमा छ । भुवनेश्वर कुमार, टी नटराजन, सन्दीप, खलिल अहमद तथा राशिद खान, मुजीब, नबी र नदीम जस्ता खेलाडीमा भर परेको छ ।

कोलकता पछिल्लो सिजन भने पाँचौं स्थानमा थियो । यो सिजन उत्कृष्ट शुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

प्रतिक्रिया दिनुहोस्