Logo
Logo

सिटिजन्स बैंकका ग्राहकलाई किंग्स लाउञ्जमा छुट


दृष्टि संवाददाता


काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित किंग्स लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

किंग्स लाउञ्जसँगको सहकार्य पश्चात बैंकका कार्डबाहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

बैकले हालै युएसडि इकम कार्डको सुरुवात गरेको छ । जस अन्तर्गत ग्राहकले सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी बार्षिक ५ सय अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् ।

यसरी लोड गरिएको रकम बिदेशी मुद«ामा अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सकिने पनि बैकले जनाएको छ ।

बैकले मुलुकभर फैलिएका आफ्ना १ सय ६७ शाखा, १ सय १३ ए.टि.एम. र १ सय ७ शाखा रहित बैंकिग ईकाईबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
बैकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड सेवा, मोबाइल बैंकिगको पिन बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाको थालनि गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्