Logo
Logo

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताकाे उपाधि मगर सेवा समाजलाई


दृष्टि संवाददाता


रामेछाप । प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ । फाइनल खेलमा मगर सेवा समाजले अर्गानिक भिलेज नागीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

मगर सेवा समाजलाई उपाधि दिलाउनको लागि सुरेश खत्री र ओम प्रकाश दनुवारले समान एक/एक गोल गरे । दुवै गोल दास्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५५ औँ मिनेटमा खत्रीले गोल गर्दै मगर सेवा समाजलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट नबित्दै दनुवारको गोलमा मगर सेवा समाजले अग्रता दोब्बर बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा प्रतियोगिताको उपाधि मगर सेवा समाजले जित्यो ।

जितसँगै टाेकरपुरले एक लाख ५० हजार नगतसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । उपविजेता नागीले एक लाख नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेकाे छ ।

त्यस्तै तृतिय हुने दिपशिखा ब्वाइज युवा क्लब मन्थली-२ ले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छ । सान्त्वना हुने लालिगुराँस युवा क्लब लखनपुरले पनि नगद २० हजार रूपैयाँ प्राप्त गरेकाे छ ।  उत्कष्ट खेलाडी दनुवारले भने पाँच हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्