Logo
Logo

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रींगार डटकम संचालनमा


दृष्टि संवाददाता


काठमाडौँ । नेपालमा अहिले बिस्तारै धेरै इकमर्स कम्पनीहरु संचालना आउँदैछन् तथा केहि आउने क्रममा छन् ।

यसले नेपालमा इकमर्सको व्यापार बढ्दो छ भन्ने बुझिन्छ । तर धेरै जसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिस्रित आउने गरेका छन् । अनलाइनबाट किन्दा सामान राम्रो नभएको, डुप्लीकेट सामानहरु पाईएको तथा सामान समयमा डेलिभरी नभएको आदि ।

यो समस्यालाई चिर्दै नेपाली बजारमा ब्राण्डेड तथा ओरिजीनल सामानहरु मात्र बिक्री गर्ने गरी श्रृंगार डटकम नामक इकमर्स कम्पनी हालै मात्र नेपालमा सुरु भएको छ ।

श्रृंगार डटकमका व्यवस्थापक रवी दुवालका अनुसार, श्रृंगार डटकममा केवल ब्राण्डेड कस्मेटिक्स, स्कीनकेयर, तथा कपडाहरु खरिद गर्न सकिनेछ । यस कम्पनी मार्फत केवल ब्राण्डेड सामानहरुको बिक्री गर्ने विक्रेताहरुले आफ्ना सामानहरु बिक्री गर्न सक्नेछन् ।

नेपाली युवा उद्यमीहरुले संचालन गरेको यो ईकमर्श कम्पनी गत वर्षको वैशाख देखि परिक्षण संचालन गरिरहेको छ र यो वैशाख देखि पुर्ण रुपमा संचालनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्