Logo
Logo

७० तोला सुन र सात लाख चोरी गर्ने युवक पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । ७० तोला सुन चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले म्याग्दीको मालिका गाउँपालिका-२ का २८ वर्षीय दिलिप र दिनेश उपनामले चिनिने दिलबहादुर पुनलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकालगायत बिभिन्न जिल्लाका सहकारी तथा वित्तीय संघ संस्थाहरु तथा सुनचाँदी पसलमा रातको समयमा चोरी गर्ने समूहकाे खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

पुनले गत फागुन १८ गते राति नवलपारासी गौडाकोट नगरपालिका-५ कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलको सटर फोडेर सुनका गरगहना ७० तोला र नगद ७ लाख ४३ लाख रुपैयाँ बराबरको सामान चोरी भएको गरेका थिए।

पक्राउ परेका पुनलाई कारबाहीका लागि नवलपरासी पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्