Logo
Logo

हुथी विद्रोही समूहद्वारा साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला


दृष्टि संवाददाता


एजेन्सी । यमनको हुथी विद्रोही समूहले साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला गरेको दाबी गरेको छ ।

आफ्नो समूह निकट टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै हुथी विद्रोही नेतृत्वले सो दावी गरेको हो । उनीहरुले आरमको जेद्दाह र जुबेल अड्डाहरुमा दशवटा ड्रोनमार्फत हमला गरेको बीबीसीले जनाएको छ ।

साउदी अरबले भने यो घटनाबारे केही प्रतिक्रिया दिएको छैन । हुथी विद्रोही समूहलाई इरानको समर्थन प्राप्त छ । उनीहरुले पछिल्ला वर्ष साउदी अरबमाथि ड्रोन र मिसाइल आक्रमणलाई तिव्र बनाएका छन् ।

साउदी अरब एक सैन्य समूहको नेतृत्व गर्दैछ, जुन गत ६ वर्षदेखि यमनमा हुथी विद्रोही समूहविरुद्ध लडिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्