Logo
Logo

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३२ खेलाडी


दृष्टि संवाददाता



काठमाडौं । नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएका छन् । आगामी प्रतियोगिताका लागि प्रशिक्षक अब्दुल्लाहले अहिले ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

पहिलो पटक नेपाली राष्ट्रिय टिम सम्हालेका अब्दुल्लाहले आगामी विश्वकप छनौटलाई केन्द्रित गरेर प्रशिक्षण सुरु गर्ने भएका छन । जसमा प्रशिक्षण मे १७ तारिखबाट हुनेछ । बन्द प्रशिक्षणमा गोलकिपरतर्फ किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की, विशाल सुनारलाई बोलाइएको छ ।

यस्तै, डिफेन्डरमा रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवासलाई बोलाइएको छ ।

मिडफिल्डरमा त्रिदेब गुरुङ, मनिस डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवीशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ,विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामालाई बोलाउने निधो गरिएको छ ।

यि बाहेक फरवार्डमा दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठलाई बोलाइएको छ । नेपालले कतार विश्वकप छनौटको दोस्रो चरणमा अझै तीन खेल खेल्न बाँकी छ ।

जसमा नेपालले अष्ट्रेलिया, जोर्डन र ताइवानसँग खेल्न बाँकी छ । एएफसीले प्रो लाइसेन्स अनिवार्य गरेपछि पछिल्लो पटक कुवेतबाट मुख्य प्रशिक्षकका रुपमा अब्दुल्लाहलाई झिकाएको हो ।

प्रतिक्रिया दिनुहोस्