Logo
Logo

टी २० सिरिज खेल्न मलेसिया र नेदरल्याण्डस् टीम नेपालमा


दृष्टि संवाददाता


काठमाडौं । त्रिकोणात्मक टी २० क्रिकेट सिरिजका लागि मलेसिया र नेदरल्याण्डस् नेपाल आइपुगेका छन् । बैशाखको पहिलो साताबाट सुरु हुने खेलका लागि दुवै टोली मंगलबार नेपाल आइपुगेका हुन् ।

मलेसिया टिम दिउँसो १२ बजे काठमाडौं ओर्लिएको थियो भने सबैको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ । यसअघि नेदरल्याण्डस्को टोली बिहान नौ बजे नेपाल आइपुगेर प्रशिक्षणको तयारीमा जुटेको छ ।

नेपालले पहिलो खेल नेदरल्याण्डससँग खेल्ने छ । पहिलोपटक राष्ट्रिय टोली ह्वाटमोरको प्रशिक्षणमा मैदानमा उत्रँदैछ । ह्वाटमोरलाई क्यानले तीन महिना अघि मुख्य प्रशिक्षमा नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्