Logo
Logo

ला लिगाले दियो नेपाली नयाँ वर्षको शुभकामना


दृष्टि संवाददाता


काठमाडौं । स्पेनी फुटबल लिग ला लिगाले नेपाली नयाँ वर्ष २०७८ को शुभकामना दिएको छ ।

नेपालीहरुले आज (बुधबार) विसं २०७७ को बिदाइ र नयाँ वर्ष २०७८ को स्वागतमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिरकेको छ । यसै अवसरमा ला लिगाले आफ्ना नेपाली फ्यानहरुलाई शुभकामना दिएको हो ।

ला लिगाले आफ्नो फोसबुक पेजमा बुधबार लेखेको छ– ‘हाम्रा नेपाली सबै प्रसंशकहरुलाई नयाँ वर्षको शुभकामना ।’

ला लिगा संसारका सबभन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक हो । यो स्पेनको घरेलु सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिग हो । याे लिग सन् १९२९ साल देखि सुरु भएको थियाे ।

 

 

 

प्रतिक्रिया दिनुहोस्