Logo
Logo

बदेलको मासु र चार नाल बन्दुकसहित दुईजना पक्राउ


नन्दा थापा


बाजुरा । खप्तड छेडेदह गाउँपालिका वडा न ३ गुदुखातीबाट बदेलको मासु र चार नाल भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका वडा न ३ का ४५ वर्षीय बने बहादुर धामी र सोही वडाका ४३ वर्षीइ मन बहादुर धामी रहेका छन् ।

मान बहादुर धामीको घरमा बदेलको मासु फेला परेको र एक नाल भरुव बन्दुक समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिह ठगुन्नाले बताए ।

बाँकी तिन नाल बन्दुक कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ठगुन्नाले बताए । जंगली बदेलको मासु जिल्ला बन डिभिजन कार्यालय बाजुरामा बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्